नेपाली खो खो खेलले विश्वकपको फाइनलमा पुगेर इतिहास रचिसकेको छ। नेपाली कुनै पनि खेलकुदको विश्वकपको फाइनलमा पुग्ने खो खो पहिलो खेल हो।
बिज्ञापन
भारतमा जारी विश्वकपको महिला र पुरुष दुवैतर्फ नेपाल फाइनलमा पुगेर रेकर्ड बनाइसकेको छ। फाइनलमा नेपालका दुवै टोलीले उपाधिका लागि भारतसँग खेल्नेछन्। सेमिफाइनलमा नेपालको महिला टिमले युगाण्डालाई ८९–१८ ले तथा पुरुष टिमले इरानलाई ७२–२० ले पराजित गर्दै फाइनल पुगेको हो।
बिज्ञापन
दुवै फाइनल खेल आज राति सम्पन्न हुनेछन्। नयाँदिल्लीस्थित ईन्दिरा गान्धी इन्डोर हलमा महिलातर्फको फाइनल बेलुका ७ बजे शुरु हुनेछ भने पुरुषतर्फको फाइनल खेल राति ८:१५ देखि शुरु हुनेछ। अहिलेसम्म नेपालबाट कुनै पनि खेलले विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो। नेपाल महिलातर्फ अपराजित रहँदै र पुरुषतर्फ एक खेल हारेर फाइनलमा पुगेको हो । पुरुषतर्फ नेपाल पहिलो खेलमा भारतसँगै पराजित भएको थियो।
महिलातर्फ नेपाले समूह चरणमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो। त्यसैगरी क्वार्टरफाइनलमा इरानलाई १०३–८ ले तथा सेमिफाइनलमा युगाण्डालाई ८९–१८ ले पराजित गरेको हो।
बिज्ञापन
यसैगरी पुरुषतर्फ समूह चरणमा भारतसँग ४२–३७ ले पराजित हुँदा पेरूलाई ८०–३४ ले, तेस्रो खेलमा ब्रजिललाई १३४–८ ले तथा भुटानलाई ९८–८ ले हराएको थियो। क्वार्टरफाइनलमा बंगलादेशलाई ६७–१८ ले तथा सेमिफाइन्लमा इरानलाई ७२–२० ले पराजित गर्दै फाइनलमा पुगेको हो।








