बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ।
बिज्ञापन
बुधबार मध्यरातमा मुम्बईको बान्द्रास्थित उनको घरमा एक चोरले चक्कु प्रहार गरेका हुन्। खानलाई अहिले मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ। चोरले सैफमाथि हमला गरे र त्यहाँबाट भागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
बिज्ञापन
सैफकी पत्नी तथा बलिउड अभिनेत्री करिना कपुर र उनका दुवै छोराछोरी पूर्णरुपमा सकुशल छन्। यस हमलामा सैफ मात्र घाइते भएका छन्।
मुम्बईमा सैफमाथि भएको हमलाले मुम्बईमा त्रास फैलाएको छ। बान्द्रा प्रहरीले यस विषयमा सम्पूर्ण अनुसन्धान गरिरहेको जनाएको छ।
बिज्ञापन








