होमपेज > काठमाडौंका १ लाखबढी किशोरीहरुलाई एचपीभी विरूद्धको खोप दिइने

काठमाडौंका १ लाखबढी किशोरीहरुलाई एचपीभी विरूद्धको खोप दिइने

बिज्ञापन
बिज्ञापन

काठमाडौंका १ लाख १० हजार २ सय ६३ किशोरीहरुलाई एचपीभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने भएको छ।

बिज्ञापन

आइतबार आयोजित जिल्ला खोप समन्वय समिति र संचार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा आगामी माघ २२ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुने एचपीभी खोप अभियान काठमाडौंका ४ सय ८८ बिद्यालयमा सञ्चालन गर्न लागिएको जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा वसन्त अधिकारीले बताए। सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म अध्यनरत कोही पनि किशोरीहरु नछुटुन् भन्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिने डा. अधिकारीले बताए।

बिज्ञापन

‘प्रत्येक स्थानीय तहलाई प्राविधिक सहयोग गइसकेको छ, स्कुलमा सकिएलगतै स्वास्थ्य संस्थामा पनि खोप लगाउन पाउने व्यवस्था मिलाउनेछौं,’ डा. अधिकारीले भने। काठमाडौं जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले सरकारले १० देखी १४ वर्षसम्मका किशोरीहरुलाई दिन लागेको ‘सिकोलिन’ नामक उक्त खोपले नेपालमा बढी मात्रामा देखिएको पाठेघरको मुखको क्यान्सरका १६ देखि १८ प्रजातिलाई रोकथाम गर्न सक्ने बताए।

विश्वमा हरेक वर्ष ५ लाख ७० लाख महिलाहरुलाई पाठेघरको क्यान्सर हुने तथा उक्त संख्या सन् २०३० सम्ममा उक्त संख्या ७ लाख पुग्ने अनुमान गरिएको छ। तथ्यांकअनुसार तीमध्ये ३ लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ। सरकारले पाठेघरको मुखको क्यान्सरलाई प्राथमिक रुपमा रोकथाम गर्न उक्त एचपिभी खोप अभियानका रुपमा सञ्चालन गर्न लागेको हो। राष्ट्रिय खोप सल्लाहकार समितिको २०८१ असोज २३ को सिफारिस तथा स्वास्थ्य मन्त्रालयको २०८१ कार्तिक ८ गतेको निर्णयअनुसार खोप दिन लागिएको हो।

बिज्ञापन

हाल एचपीभी खोप संसारका १४४ वटा मुलुकमा नियमित खोप कार्यक्रममा नै समावेश भइसकेको छ, नेपाल सरकारले पनि आगामी वर्षदेखि नियमित खोप कार्यक्रममा नै समावेश गर्ने योजना बनाएको छ। एचपीभी खोप लगाएपछि दुखाइ, सुई लगाएको ठाउँमा सुन्निने रातो हुन सक्छ। यस्तो समस्या लामो समयसम्म रहेमा चिकित्सकको सल्लाह लिनुपर्छ।

१ लाख १० हजार २६३ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते