ग्लोबल आईमई बैंकको धितो सुरक्षणमा रहेको घरजग्गा लिलामीको ७ दिने सूचना निकालेको छ। बैंकबाट ऋण लिएका ऋणीहरुले समयमा कर्जा चुक्ता नगरेपछि बैंकले शुक्रबार (पुस २६ गते) सूचना निकालेको हो।
बिज्ञापन
बैंकले कर्जाहरूको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि पटक पटक ताकेता गर्दा समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा जे जस्तो अवस्थामा छ सोही अवस्थामा शिलबन्दी बोलपत्रमार्फत लिलाम गर्न लागेको हो।
बिज्ञापन
तोकिएको समय अर्थात् माघ ४ गतेभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति बैंकले लिलाम गरी बिक्री गर्नेछ। बैंकको विभिन्न शाखाबाट कर्जा लिएका ऋणीहरुले साँवा, ब्याज आदि नतिरेपछि बैंकले अन्तिम मौका दिँदै सम्बन्धित शाखामा सम्पर्क राखी ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ।
साथै, तोकिएको समयभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति बैंकले लिलाम गरी बिक्री बैंकले जनाएको छ।
बिज्ञापन









