होमपेज > नेपाल एसबिआई बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल एसबिआई बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न

बिज्ञापन
बिज्ञापन

नेपाल एसबिआई बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको छ। सभाले बैंकका शेयरधनीहरूलाई ३.८०५ बोनस शेयर र ६.८५५ नगद लाभांश (लाभांशमा लाग्ने करसहित) गरी चुक्ता पुँजीमा कुल १०.६५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

बिज्ञापन

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वार्षिक आर्थिक विवरणलाई अनुमोदन गरेको छ। यसका साथै, बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड” को वित्तीय विवरणसहित एकीकृत वित्तीय विवरणलाई पनि स्वीकृति दिइयो। सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि मेशर्स पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गर्यो। बैंकको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरूमा संशोधन गर्ने प्रस्ताव पनि पारित भयो।

बिज्ञापन

सभाले बैंकलाई अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग गाभ्नेरगाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) सम्बन्धी सहमति, सम्झौता तथा आवश्यक प्रक्रिया अगाडि बढाउन संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्यो। नेपाल एसबिआई बैंकले ३१ वर्षको यात्रामा प्राप्त सफलताहरूलाई थप मजबुत बनाउँदै आगामी वर्षमा वित्तीय सेवामा नवप्रवर्तन र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते