मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं ३० गगनगौंडाका ३७ वर्षीय प्रकाश मल्ल ठकुरी छन्।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार शनिबार बिहान घरपझोङ गाउँपालिका वडा नं ४ जोमसोमस्थित नेपाली सेना र जिल्ला प्रशासन कार्यालय जोड्ने झोलुङ्गे पुलबाट खसेका थिए। घटनाको जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले उनको उद्दार गरी अस्पताल पुर्याएको थियो।
बिज्ञापन
अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले ठकुरीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। प्रहरीका अनुसार उनको शव आइतबार पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइएको छ।
ठकुरी जोमसोममा इलोक्ट्रोनिक पसल सञ्चालन गर्दै आएका थिए। उनी कोठाबाट पसल आउने क्रममा पुलबाट खसेको प्रहरीको भनाइ छ।








