सप्तरी प्रहरीले आइतवार एक महिला सहित तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटेको प्रहरी टोलीले अदालतबाट विभिन्न मुदामा फैसला भई कैद तथा जरिवाना भुक्तानी बाँकी रहेका तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
बिज्ञापन
पक्राउ परेका मध्ये किर्ते जालसाजीका २ तथा जालसाजिका १ गरी तीन घटनामा सप्तरी जिल्ला अदालतद्धारा १०/१० रुपैयाँ दरले ३० रुपैयाँ जरिवाना गरिएको सप्तरीको तिरहुत गाउँपालिका ३ की ४५ वर्षिया सयुक्ता देवी देव पनि रहेको प्रहरीले जनाएको छ। २०७३ असार १९ गते सप्तरी जिल्ला अदालतले देवलाई किर्ते जालसाजीका २ र जालसाजीका १ गरी तीन वटा घटनामा संलग्न रहेको आरोपमा उक्त जरिवाना ठहर हुने फैसला गरेको थियो।
बिज्ञापन
यस्तै कुटपिट र लुटपिट मुद्दाका सोही पालिकाको वडा २ का महेन्द्र सदा र शम्भुनाथ नगरपालिका १ का लेनदेन मुद्दाका फरार प्रतिवादी महेन्द्र सदा पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी उपपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए। उनीहरुबाट ६ महिना कैद र १५५ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।








