होमपेज > ड्युटीमा खटिएका प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि…

ड्युटीमा खटिएका प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि…

बिज्ञापन
बिज्ञापन

सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा डियुटिमा खटिएका प्रहरी टोलीमाथि आक्रमण भएको छ। शनिवार राति सवारी साधन चेकजाँच गर्ने क्रममा स्थानीयले प्रहरीमाथि आक्रमण गरेका हुन्।

बिज्ञापन

स्थानीयसँग झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ। शनिबार राति करिब ९ बजेतिर बैजनाथ चोकमा इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा चेकिङ भइरहेको बेला रामनगर गाउँपालिका–५ का वडाध्यक्ष शिवनन्दन यादवसहितको युवाले प्रहरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

बिज्ञापन

स्थानीयको आक्रमणबाट ट्रफिक प्रहरी हवल्दार शैलेन्द्र राय गम्भीर घाइते भएका छन। उनको टाउकोमा गहिरो चोट लागेकाले जनकपुरको न्यूरो अस्पतालमा उपचार भइरहेको बताइएको छ। घटनापछि त्यस क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन भइरहेको छ। आफूले प्रहरीमाथि आक्रमण नगरेको र गाउँका युवाले आक्रमण गर्न थालेपछि छुट्याउन मात्र त्यस ठाउँमा पुगेको वडाध्यक्ष यादवको भनाइ छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते