साताको कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको हो।
बिज्ञापन
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो।
बिज्ञापन
यस्तै चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ।








