बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले चौथो वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले वैशाख ६ गतेका लागि सभा आह्वान गरेको हो। सभामा कम्पनीले आईपीओ निष्काशन सम्बन्धी प्रस्तावलाई यथार्थ अविछिन्न ग्रहण गर्ने र सोही अनुसार यथाशिर्घ कार्यान्वयनमा ल्याउने निर्णय गर्नेछ।
बिज्ञापन
कम्पनीले २०८० पौषमा आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन पनि दिइसकेको छ। ३० करोड ६० लाख रुपैयाँ बराबरको ३० लाख ६० कित्ता आईपीओ निष्काशनका लागि कम्पनीले बोर्डमा निवेदन दिएको एक वर्ष वितिसक्दा पनि स्वीकृति भने पाएको छैन।
बिज्ञापन
क. सामान्य प्रस्ताव:
१. कम्पनीको अध्यक्षबाट प्रस्तुत आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने सम्बन्धमा।
बिज्ञापन
२. आ.व. २०८०/०८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा।
३. आगामी वर्ष २०८१/०८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धमा।
ख. विशेष प्रस्तावः
१. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धमा।
२. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा देखिएको केरमेटलाई शुद्धाशुद्धि गर्ने सम्बन्धमा।
३. तेस्रो साधारण सभा (आ.व. २०७९ / २०८०) ले पारित गरी निर्णय अभिलेख भई कम्पनी रजिस्ट्रार तथा धितोपत्र बोर्डमा समेत सूचना अध्यावधिक भई सकेको प्रारम्भिक सार्वजनिक निष्कासन (आई.पी.ओ.) सम्बन्धी प्रस्तावलाई यथावत अविछिन्न रुपमा ग्रहण गर्ने र सोही अनुरूप यथाशीघ्र कार्यान्वयनमा ल्याउने सम्बन्धमा।
४. कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तनको सूचना अद्यावधिक गर्ने सम्बन्धमा।








