काठमाडौँको भृकुटीमण्डपमा आज च्याउ मेला लाग्दै छ। राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले सो मेलाको आयोजना गरेको हो। पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाइन्छ।
बिज्ञापन
मेलामा ४० वटा स्टल रहनेछ। मेलामा करिब १५ हजारले अवलोकन गर्ने अनुमान गरिएको छ। मेला आयोजना गर्नका लागि करिब २५ लाख रुपैयाँ लगानी लाग्ने संघको भनाई छ।
बिज्ञापन
संघका अनुसार मेलामा च्याउका विभिन्न परिकारहरूको विभिन्न स्टलहरूमा प्रदर्शनी छ। गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा हेर्न सकिनेछ।








