मकवानपुरको राक्सिराङ गाउँपालिका-५ चाक्ले बगरस्थित भित्री सडकमा आइतबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिज्ञापन
मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र ०१-००१ च २९४६ नं को जीपको ‘ब्रेक फेल’ भई सडकबाट झण्डै चार मिटर तल खस्दा कैलाश गाउँपालिका-३ का ५६ वर्षीय सन्तबहादुर गोम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
बिज्ञापन
दुर्घटनामा गम्भीर घाइते भएका गोम्बाको उपचारका क्रममा मनहरि अस्पतालमा मृत्यु भएको हो। उक्त जीपमा आठ जना सवार थिए। अन्य यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ। जीप चालक फरार छन्।








