पृथ्वी राजमार्गको धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ रातोमाटेमा सुख्खा पहिरो खस्दा मंगलबार साँझ सडक अवरूद्ध भएको छ।
बिज्ञापन
साँझ ५ बजेतिर सडकमा पहिरो खसेको हो। नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रले पहिरो हटाउन उपकरणहरू परिचालन भएको जानकारी दिए।
बिज्ञापन
‘पहिरोले बाटो रोकिएर गाडीको ठूलै जाम लागेको सूचना छ। हटाउन मेशिन उपकरणहरू गएका छन्,’ इन्जिनियर मिश्रले भने। उक्त सडकमा हाल विस्तारको काम भइरहेको छ।








