बाराको सिमरा उपमहानगरपालिका- ११ स्थित सडक छेउमा रोकिराखेको कारभित्र मृत भेटिएका युवक प्रहरी कार्यालयका सहयोगी रहेको खुलेको छ।
बिज्ञापन
बाराका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले कारभित्र मृत भेटिएका युवक राजकुमार रुम्बा भएको बताए। उनका अनुसार जितपुरका रुम्बा सिमरा एयरपोर्टमा कार्यालय सहयोगीको पदमा कार्यरत थिए।
बिज्ञापन
रुम्बा बागमती प्रदेश ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र मृत भेटिएका हुन्। उक्त कार सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर श्रीकान्त तिवारीको रहेको बताइएको छ।
‘मृतक रुम्बाले इन्स्पेक्टर तिवारीबाट गाडी मागेर बाहिर निस्केका थिए, एसपी खड्काले भने, ‘रुम्बाको टाउकोमा चोट देखिन्छ। रगत पनि निस्केको छ। घटना शंकास्पद छ। थप अनुसन्धान भइरहेको छ।’
बिज्ञापन
-यो पनि पढ्नुहोस्:








