आजको व्यस्तताले भरिपूर्ण जीवनमा मान्छेले ताैला घटाउन सजिलो रुपमा ग्रीन टीलाई लिन्छ।
बिज्ञापन
यसले तौल घटाउनदेखि प्रतिरोधात्मक शक्ति बढाउन समेत सघाउछ। कयौँ अध्ययनहरूले ग्रीन टीलाई सही तरिकाले प्रयोग गर्दा शरीरलाई धेरै फाइदाहरू हुने देखाएको छ। तर, यसलाई पिउँदा केही नोक्सानहरू पनि छन्, जसबारे तपाईंलाई थाहा नहुन सक्छ। हेल्थलाइनको एक रिपोर्ट अनुसार ग्रीन टी धेरै पिउँदा तपाईं आफ्नो शरीरलाई चाहिनेभन्दा बढी क्याफिन लिइरहनुभएको हुन्छ।
बिज्ञापन
यो तपाईंको पेटको समस्याको कारण बन्न सक्छ। यति मात्र होइन, यसले तपाईंको निद्राको चक्र पनि प्रभावित बन्न सक्छ। टाउको दुख्ने, तनाव, कब्जियत, एसिड रिफल्क्स र उल्टी जस्ता समस्या पनि निम्तन सक्छ। क्याफिनले तपाईंको मांसपेशीमा पनि असर पुग्छ। त्यसैले यसलाई खाली पेटमा भन्दा केही खाएपछि खान विज्ञहरू सुझाउँछन्।
-कति पिउने ग्रीन टी?
बिज्ञापन
हेल्थलाइनको रिपोर्ट अनुसार दिनभरमा तपाईंले सानो कपको ३–४ कप पिउनु उपयुक्त मानिन्छ। यसलाई कहिले पनि खाली पेटमा पिउनु हुँदैन। बरु खाना खाएपछि राम्रोसँग पचाउन यसलाई पिउन सकिन्छ। यद्यपि, खाना खाने बित्तिकै पनि यसलाई पिउनु हुँदैन। कम्तीमा १५ मिनेटको अन्तर राख्न जरुरी हुन्छ।
माइग्रेन
ग्रीन टीमा क्याफिन हुन्छ। जसलाई पहिले नै माइग्रेनको समस्या छ, उनीहरूले यसलाई पिउँदा ध्यान दिनुपर्छ किनभने यसले त्यो समस्या बल्झाउन सक्छ।
आइरनको कमी
ग्रीन टीमा एन्टीअक्सिडेन्ट हुन्छ। तर, यसले शरीरमा आइरन सोस्ने प्रक्रियामा बाधा पुर्याउन सक्छ। आइरनको कमीको कारण हुने रोग र एनिमियाजस्ता समस्याबाट ग्रसित मानिसहरूका लागि यो पिउनु खतरनाक हुनसक्छ।
रगत पातलो बनाउने
ग्रीन टीले तपाईंको रगत पातलो बनाउन सक्छ। ग्रीन टीमा पाइने एक यौगिकले शरीरमा फाइब्रिनोजेनलाई नष्ट गर्छ। ग्रीन टीले फ्याटी एसिडको अक्सीकरणलाई पनि रोक्छ, जसले खुन पातलो हुनसक्छ। रजस्वलाको दौरान ग्रीन टी पिउनु राम्रो मानिँदैन।
कलेजको समस्या
ग्रीनको अत्यधिक सेवनले कलेजोको समस्या पनि निम्त्याउन सक्छ। विज्ञका अनुसार क्याफिनले कलेजोमा दबाब बढाउन सक्छ।
-यो पनि पढ्नुहोस्:
जाडोमा छालाको हेरचाह कसरी गर्ने? साबुनको सट्टा यी चिज लगाउनुस् अनुहारमा !








