लुम्बिनी विकास बैंकले शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ।
बिज्ञापन
शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ। जसमा बोनस ३ प्रतिशत र करसहित ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
बिज्ञापन
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।








