होमपेज > दाङमा दुई जनामाथि धारिलो हतियार प्रहार

दाङमा दुई जनामाथि धारिलो हतियार प्रहार

बिज्ञापन
बिज्ञापन

दाङको तुलसीपुरस्थित बिजौरीमा दुई जनामाथि धारिलो हतियार प्रहार भएको छ।

बिज्ञापन

तुलसीपुर उपमहानगरपालिका-७ का ३० वर्षीय सुरेश रसाइली र २८ वर्षीय सुरज पुनमाथि गएराति पसलमा सामान किनिरहेको समयमा युवाहरुको एक समूहले धारिलो हतियार प्रहार गरेका हुन्। तुलसीपुर – १८ माल बिजौरीस्थित किराना पसलमा सामान किन्न गएका रसाइली र पुनमाथि राति १० बजेतिर स्थानीय ३२ वर्षीय प्रकाश चौधरी, ३० वर्षीय सन्दिप चौधरी र ३१ वर्षीय रेशम चौधरीले ग्राँसी प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

बिज्ञापन

आक्रमणको घटनामा संलग्न प्रकाश चौधरीलाई प्रहरीले मध्येराति पक्राउ गरेको छ। अन्य दुई जना फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरी निरीक्षक थापाले बताए। धारिलो हतियार प्रहारबाट रसाइलीको बाँया कानको पुनको बाँया हातमा चोट लागेको अस्पतालले जानकारी दिएको छ।

घाइते दुबैलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा रेफर गरिएको छ। पुरानो रिसिवीका कारण रसाइली र पुनमाथि उनीहरुले धारिलो हतियार प्रहार गरेको हुन सक्ने प्रहरीको आकलन छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते