नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको हो।
बिज्ञापन
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार २०० रुपैयाँ कायम भएको थियो।
यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। मंगलबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार तोलामा १ हजार ९ सय ९० रुपैयाँ कायम भएको महासंघको भनाइ छ।








