होमपेज > नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने ‘चयेरपर्सन कार्यक्रम’ सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने ‘चयेरपर्सन कार्यक्रम’ सम्पन्न

बिज्ञापन
बिज्ञापन

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि तीनदिने ‘चेयरपर्सन क्लब’ सदस्य सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।

बिज्ञापन

आर्थिक वर्ष २०८०/८१ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४९१ जना अभिकर्ताहरूलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो। कम्पनीका अध्यक्ष सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा तोकिएको लक्ष्य पूरा गरी सदस्यता प्राप्त गर्ने सबै अभिकर्तालाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरूमा सर्वोत्कृष्ट घोषित हुने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।

बिज्ञापन

अध्यक्ष सिंहले गत आर्थिक वर्षमा समग्र जीवन बीमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशत वृद्धि हासिल गर्नुमा अभिकर्ताको योगदान महत्वपूर्ण रहेको बताएकी थिइन्। उनले कम्पनीको वित्तिय सूचकहरु पनि सन्तोषप्रद रहेको तथा कम्पनीको वित्तिय संरचना, कम्पनीका प्रचलित बीमा योजनाहरु, बीमितहरुलाई प्रदान गर्दै आएको प्रतिफल बोनसदर, पुँजी बजारमा कम्पनीको उपस्थिती, व्यापक अभिकर्ता संजाल आदि सबैले आउने दिनहरुमा कम्पनीले थप प्रगती गर्नेमा विश्वस्त रहेको बताइन्। प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहसँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी नयाँ अभ्यास सुरू गरेको र यसबाट व्यवसायिक अभिकर्ताहरूलाई प्रत्यक्ष लाभ पुगेको बताए।

अभिकर्ताहरुलाई सम्पत्ती शुद्धिकरण सम्बन्धी जानकारी दिने उदेश्यले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए। प्रशिक्षक अमित शर्माले कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गरेका थिए।

बिज्ञापन

कार्यक्रममा आ।व। २०८०/८१ मा १०० वा सो भन्दा बढी बीमालेख बिक्री गर्न सफल अभिकर्ताहरु, नेशनल स्टार र नेशनल सुपर स्टार घोषित अभिकर्ताहरु, विगत १० बर्ष देखि निरन्तर चेयर पर्सन क्लबमा छनौट हुने अभिकर्ताहरु, आ.व. २०८०/८१ मा संजाल व्यवसायमा नेपालभरबाट उत्कृष्ट व्यवसाय गर्ने ७ जना र आफ्नो कोडबाट उत्कृट व्यवसाय गर्ने ७ जना अभिकर्ताहरुलाई पनि विशेष सम्मान गरिएको थियो। यसैगरी, नेपालभरबाट आफ्नो कोड र संजालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वित्तिय र तृत्तिय हुने अभिकर्ताहरु र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जना अभिकर्ताहरुलाई लाई विशेष सम्मानको आयोजना गरी सम्मान पत्र लगाएत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।

सम्मानित बिजनेश लिडरहरुले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताउनु भएको थियो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते