होमपेज > आज काठमाडौं महानगरमा बिदा

आज काठमाडौं महानगरमा बिदा

बिज्ञापन
बिज्ञापन

काठमाडौं महानगरपालिकाले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ । महानगरका पूर्वप्रमुख पीएल सिंहको निधनमा महानगरले आज बिदा दिएको हो।

बिज्ञापन

‘काठमाडौं नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गर्नुहुने पूर्वप्रमुख पीएल सिंहको आज बिहान निजी निवासमा असामियक निधन भएकोमा महानगरपालिका परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ,’ महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रमुखका रूपमा काठमाडौं महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उहाँले पुर्‍याउनुभएको योगदानको उच्च सम्मान गर्दै आज मिति २०८१ पुस १ गते अत्यावश्यक सेवाबाहेक काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक विदा रहने निर्देशानुसार अनुरोध गरिन्छ ।’

बिज्ञापन

पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो। २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए।

८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए। गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो।

बिज्ञापन

-यो पनि पढ्नुहोस्:

काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते