होमपेज > जीप दुर्घटना हुँदा एकको मृत्यु, बालकसहित पाँच जना घाइते

जीप दुर्घटना हुँदा एकको मृत्यु, बालकसहित पाँच जना घाइते

बिज्ञापन
बिज्ञापन

गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका-४ दजाकोटस्थित भित्री कच्ची सडक खण्डमा बुटवलबाट देउराली तर्फ आउँदै गरेको सु.प्र.१००१ ज १३८५ नं. को फोर्स गाडी ओरालो झर्दा मोडमा अनियन्त्रत भई दुर्घटना भएको हो।

बिज्ञापन

शुक्रबार बेलुकी भएको दुर्घटनामा रेसुंगा नगरपालिका वडानम्बर-८ स्थायी घर भएका ४५ वर्षीय रबिन कुमार श्रीसलाई गुल्मी अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताए।

बिज्ञापन

उनका अनुसार, सवारी चालक जिल्ला गुल्मी मुसिकोट नगरपालिका २ देउरालीका २४ वर्षीय दिपक सुनार, सोही ठाउँका २० वर्षीय माधव आचार्य, ४३ वर्षीय गंगा भट्टराई, रेसुङगा नगरपालिका ८ छापटोला बस्ने ३८ वर्षीय बसन्ती श्रीस, बसन्ती श्रीसको छोरा ८ वर्षीय एक्सन श्रीस घाइते भएका छन्। मृतक रबिन कुमार श्रीस बसन्ती श्रीसका श्रीमान् हुन्।

घाइतेहरुको गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते