प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै अन्य विद्यमान संस्थापक सेयरधनीले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।
बिज्ञापन
बैंकले शेयर बिक्रीमा राखेपनि उक्त शेयर संख्या र सोको मूल्य लगायतको जानकारी भने खुलाएको छैन। शेयर संख्या र मूल्य लगायतको जानकारीका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नसकिने बैंकले जनाएको छ।
बिज्ञापन
शेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ। तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले स्पष्ट पारेको छ।








