कालीमाटी फलफूल तथा तरकारी बजारमा आलु र काउलीको भाउ घटेको छ। उत्पादनको सिजन रहेकाले पर्याप्त आपूर्ति हुन थालेसँगै काउली र आलुको भाउ घटेको हो।
बिज्ञापन
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताअघि प्रतिकिलो ७५ रुपैयाँ रहेको रातो आलु अहिले ६५ मा झरेको छ। भारतीय रातो आलु ५५ रुपैयाँमा झरेको छ।
बिज्ञापन
एक साताअघिसम्म १ सय रुपैयाँ रहेको काउली अहिले ६० रुपैयाँमा झरेको छ। सानो गोलभेँडा पनि सस्तिएको छ। एक साताअघिसम्म अधिकतम ८० रुपैयाँ रहेको सानो गोलभेँडा अहिले ६५ रुपैयाँमा झरेको छ। भारतीय ठूलो गोलभेँडा प्रतिकिलो १०० रुपैयाँमा स्थिर छ।
बोडी केही महँगिएको छ। बिहीबार तने बोडी प्रतिकिलो १३० रुपैयाँ छ। मटरकोशा १६०, घिउ सिमी ९०, टाटे सिमी १००, तिते करेला ९०, लौका ६०, परवर ७०, घिरौंला ९०, पाकेको फर्सी ६०, भिन्डी ९०, बरेला १२०, इस्कुस ३०, रायो साग अधिकतम ३५ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ।
बिज्ञापन
तरुल ९०, कन्य च्याउ २००, डल्ले च्याउ ३००, कुरिलो १२००, ब्रोकाउली १०० रुपैयाँ प्रतिकिलो छ।








