नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको भाउ बढेको छ।
बिज्ञापन
अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला २१०० सय रुपैयाँले बढेको सुनको भाउ यसदिन प्रतितोला २००० हजार रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेकाे छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय २५ रूपैयाँमा कारोबार भएको थियो।








