कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
कालीमाटीमा आज मटरकोशा १२० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। त्यस्तै गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ७० रुपैयाँ,भारतिय सुकेको प्याज ९३ रुपैयाँ रहेको छ।
यसैगरी आलु रातोको ७२, आलु सेतोको ६१, लोकल बन्दाको मुल्य ५०,काउली स्थानीयको ६० रुपैयाँ कायम भएको छ। यसैगरी कन्य च्याउ १६०,कुरीलो १०००, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ५० रुपैयाँ,भिण्डी ९० रुपैयाँ,सखरखण्ड ७० रुपैयाँ ,बरेला ९० रुपैयाँ ,तितो करेला १०० रुपैयाँ,कायम भएको छ।
रायो सागको मूल्य २५ रुपैयाँ छ। तोरिको साग ४० ,पालूगो साग ९० र चमसुरको साग ९०, स्कूसको मूल्य २०रुपैयाँ रहेको छ। त्यस्तै,लोकल गाजर १०० रुपैयाँ, तने बोडी १०० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, मटरकोशा १०० रुपैयाँ, राजमा घिउ सिमी १३० रुपैयाँ,लौका ६०, घिरौला ८० रुपैयाँ र लोकल परवर ५० रुपैयाँ रहेको छ।
त्यस्तै, अनारको ३५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली १०० ,केरा १५०,स्याउ फूजी २८०रहेको छ।








