साताको अन्तिमदिन नेपाली बजारमा सुनको मूल्य घटेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
यस्तै, आज चाँदीको मूल्य बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।








