माछापुच्छ्रे बैंकका सञ्चालक हरिभक्त सिग्देलको राजीनामा स्वीकृत भएको छ।
बिज्ञापन
रामजानकी इन्भेष्टमेन्ट एण्ड पेट्रोलियम सप्लायर्स प्रा.लि.बाट प्रतिनिधित्व गरेका सञ्चालक सिग्देलले मंसिर १४ गते सञ्चालक समितिसमक्ष दिएको राजीनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।
बिज्ञापन
त्यस्तै, सोही बैठकले दुई सञ्चालकको नियुक्ति समेत गरेको छ। त्यसमध्ये रामजानकी इन्भेष्टमेन्टको तर्फबाट नुवाकोट शिवपुरीका मुकुन्द महत र संस्थापक शेयरधनीको तर्फबाट नियुक्त महोत्तरीको मटिहानीका अनिश शाहलाई नियुक्त गरिएको बैंकका कम्पनी सचिव सुभास जम्मरकट्टेलले जानकारी दिए।








