होमपेज > बसको ढोकाबाट खसेर २ यात्रुको मृत्यु

बसको ढोकाबाट खसेर २ यात्रुको मृत्यु

बिज्ञापन
बिज्ञापन

काठमाडौंमा बसको ढोकाबाट खसेर दुई यात्रुको मृत्यु भएको छ। शनिबार काठमाडौंको तारकेश्वर नगरपालिका–८ शेषमतिस्थित शान्तिटोल गेट नजिकै बा ४ ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको हो।

बिज्ञापन

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार उक्त काभ्रेस्थलीबाट रत्नपार्क रूट चल्ने उक्त बसबाट खसेर मृत्यु हुनेमा नुवाकोटको ककनी गाउँपालिका–५ घर भएका अन्दाजी ४०-४५ वर्षका सञ्चबहादुर लामा र तादी गाउँपालिका–१ घर भई हाल लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझा छिन्।

बिज्ञापन

बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा बिहान ८ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको एसपी अधिकारीले जानकारी दिए। बसका सहचालक गोर्खा घर भएका अन्दाजी १७ वर्षीय निसान बिष्ट घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। दुर्घटनापछि बस चालक फरार थिए। त्यसपछि त्यहाँका स्थानीयहरू जम्मा भएर बस तोडफोड गरेका थिए।

स्थिति असामान्य बनेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते