ट्रकको ठक्करबाट पोखरामा एक पैदलयात्रीको मृत्यु भएको छ।
बिज्ञापन
सो ठक्करबाट पूर्वी रूकुम घर भई हाल पोखरा महानगरपालिका–२५ याम्दी बस्ने ५५ वर्षीया धन कुमारी बुढा रहेको प्रहरीले जनाएको छ। घान्द्रुकबाट पोखरातर्फ आँउदै गरेको ग २ ख १४६० नम्बरको ट्रकले जेब्रा क्रसिङबाट बाटो काट्दै गरेकी उनलाई ठक्कर दिएको जनाईएको छ।
बिज्ञापन
ट्रकको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले ट्रक चालक ४५ वर्षीय पृथि तामाङलाई नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भइरहेको छ।








