होमपेज > १५ किलो गाँजासहित ५० वर्षीया महिला पक्राउ

१५ किलो गाँजासहित ५० वर्षीया महिला पक्राउ

बिज्ञापन
बिज्ञापन

लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्। मोरङको जहदाबाट लागुऔषध गाँजासहित बुधबार साँझ १५ किलोग्राम गाँजासहित उक्त महिला पक्राउ परेकी हुन्।

बिज्ञापन

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार घरमा लुकाइछिपाइ राखिएको १५ किलोग्राम गाँजासहित जहदा गाउँपालिका-१ की ५० वर्षीया मीरादेवी बैठालाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय रानी र बुधनगरको संयुक्त टोलीले साँझ ५:३० बजेतिर छापा हानेर बैठाको घरमा खानतलासी गरेको उनले बताए।

बिज्ञापन

छापा हान्ने क्रममा घरभित्र गाँजा बरामद भएपछि घरधनी महिलालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्लाष्टिकको बोराभित्र लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको जोशीले जनाए। पक्राउ परेकी बैठलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते