डा. महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रले ज्योति विकास बैंक लिमिटेडलाई सम्मान गरेको छ।
बिज्ञापन
बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष डा. महावीर पुनले बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई बैंकले पुर्याएको योगदानको कदर गर्दै सम्मान-पत्र प्रदान गरेका हुन्।
बिज्ञापन
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालका ५१ वटा ग्रामीण, दुर्गम र विभिन्न क्षेत्रका स्वास्थ्य संस्थाहरूमा “न्यानो नानी” परियोजनामार्फत बेबी वार्मर मेसिन सहयोग गरेको थियो।
आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित न्यानो नानी – बेबी वार्मर मेसिनहरु निर्माण तथा आवश्यकता भएका स्वास्थ्य केन्द्रहरुमा जडानका लागि बैंकले वित्तीय सहयोग र बैंकका शाखा कार्यालयहरुको पहल र सहकार्यमा हालसम्म ५१ वटा बेबी वार्मर मेसिन जडान गरिसकेको छ।








