सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको वायु आज नेपालकै प्रदूषित सहर बनेको छ। बिहान साढे ६ बजेको समयसम्म धनगढीको वायु प्रदूषण १८५ एक्यूआई मापन गरिएको छ।
बिज्ञापन
पछिल्लो २४ घन्टामा पनि धनगढी नै प्रदूषित थियो। नेपालको वायु गुणस्तर मापन गर्दै आएको वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर निगरानीका अनुसार पछिल्लो २४ घन्टामा धनगढीको वायु प्रदूषण १८२ मापन गरिएको थियो। शुक्रबारसम्म गण्डकी प्रदेश राजधानीको वायु प्रदूषण उच्च मापन गरिँदै आइएको थियो।
बिज्ञापन
आज दोस्रो स्थानमा रहेको भक्तपुरको १८२ एक्यूआई वायु प्रदूषण मापन गरिएको छ। त्यस्तै काठमाडौं शंखपार्क १७४, भैंसेपाटी १७२, रत्नपार्क १७०, पोखरा १६९, खुमल्टार १६५, भरतपुर १६१ र हेटौंडाको १५९ एक्यूआई मापन गरिएको छ। ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ।
वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ। ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ।
बिज्ञापन
मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ। ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ।
-काठमाडौं विश्वको पाँचौं प्रदूषित सहर:
विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरका अनुसार विश्वभरि प्रदूषित सहरमा काठमाडौं पाँचौं नम्बरमा छ। १७८ एक्यूआईसहित काठमाडौं पाँचौं प्रदूषित सहर बनेको आईक्यूले जनाएको छ।
विश्व प्रदूषित सहरका शीर्ष ५ स्थानमा दक्षिणी एसियाली मुलुकको वर्चश्व छ। पहिलो स्थानमा हाम्रै छिमेकी देश भारतको दिल्ली परेको छ। यो समाचार तयार पार्दासम्म दिल्लीको वायु प्रदूषण ३३१ मापन गरिएको छ। त्यस्तै पाकिस्तानको लाहोरको २७६ र बंगलादेशको लाहोर २२४ मापन गरिएको छ।
छैठौ नम्बरमा चिनको वुहान राज्य परेको छ। वुहानको वायु प्रदूषण १७५ एक्यूआई मापन गरिएको छ।








