सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित चार जनालाई आज अदालत लगिँदै छ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपका लागि चौथो पटक कास्की जिल्ला अदालत लगिने भएको हो। उनको हिरासतमा बस्ने म्याद २४ गते शनिबार नै सकिएको थियो। उनलाई अदालत लैजाने समय एकीन नभएको अनुसन्धान अधिकृत, कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए। रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि म्याद थपका लागि कास्की जिल्ला अदालत लगिँदैछ।
बिज्ञापन
कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो। कास्की जिल्ला अदालतल कात्तिक ४ मा छ, कात्तिक ८ मा सात, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो। यसबीचमा उनलाई रुपन्देहीसमेत पुर्याइएको थियो। बुटवलको सुप्रिम सहकारीको बचत रकम हिनामिनामा उनीसँग चार दिनमा करिब २२ घण्टा लगाएर बयान लिइएको थियो। बयानमा क्रममा सोधिएका ६० प्रश्नमा उनले इन्कारी जवाफ दिएको बताइन्छ।
कास्कीमा आज पनि म्याद थप भए केही दिनमै काठमाडौँ लैजाने तयारी छ। अदालतले रिहा गरिदिए लगत्तै पक्राउ गरेर काठमाडौँ पठाउने प्रहरीको तयारी छ। उनीमाथि विभिन्न मुद्दामा अनुसन्धान भइरहेकाले म्याद थप हुने सम्भावना बढी रहेको बताइन्छ। लामिछानेलाई बयानका लागि काठमाडौँ पठाउने विषयमा छलफल भइरहेको डीएसपी शर्माको भनाइ।
बिज्ञापन
लामिछानेलाई आज अदालतले म्याद थप गरिदिए केही दिनमा र रिहा गर्ने निर्णय गरे आजै पक्राउ गरी रुपन्देही पठाइने सम्भावना रहेको डीएसपी शर्माले बताए। काठमाडौँमा जोशीको बयान लिइसकेको छ। जोशी असोज ६ गते पक्राउ परेका थिए। उनलाई कात्तिक २५ छैटौँ पटक १३ दिनको म्याद थप भएको थियो।
यस्तै, सूर्यदर्शन सहकारीको रकम अपचलनमै कास्की प्रहरी हिरासतमा रहेका लीला पछाइ र व्यवसायी रामबहादुर खनाललाई पनि अदालतले कात्तिक २५ गते १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। सूर्यदर्शन सहकारीकै रकम अपचलन आरोपमा कुमार रम्तेल पनि कास्की प्रहरी हिरासतमै छन्। उनीमाथि पनि अनुसन्धान जारी छ। उनलाई काठमाडौँमा बयान सकेर केही दिन अघि नै कास्की फर्काइएको थियो।








