होमपेज > एप्पलले अहिलेसम्मकै पातलो आईफोन ल्याउदै

एप्पलले अहिलेसम्मकै पातलो आईफोन ल्याउदै

बिज्ञापन
बिज्ञापन

एप्पलले अहिलेसम्मकै पातलो आईफोन ल्याउन लागेको जानकारी बाहिरिएको छ। आईफोन १७ एयर नाम हुने उक्त फोन अहिलेसम्मकै सबैभन्दा पातलो आईफोन हुने दाबी गरिएको छ।

बिज्ञापन

एप्पल विश्लेषक जेफ पु पछिल्लो समय बाहिरिएको विवरणमा सहमत छ। म्याक र्‍युमर्सलाई प्राप्त रिसर्च नोटमा विश्लेषक पुले आईफोन १७ एयर निकै पातलो हुने उल्लेख गरेका छन्। यो फोन ६ एमएम चौडाइको हुने दाबी गरिएको छ।

बिज्ञापन

“आईफोन १७ स्लिम मोडेलको ६ एमएम चौडाई अल्ट्रा-स्लिम डिजाइनबारे हालै भएको चर्चासँग हामी सहमत छौं,” उनले लेखेका छन्। यदि चौडाइ ६ एमएम नै भयो भने यसले केही रेकर्ड राख्नेछ। यसअघि एप्पलले सबैभन्द पातलो आईफोनका रूपमा आईफोन सिक्स ल्याएको थियो। यसको चौडाइ ६.९ एमएम थियो। हालै सार्वजनिक भएको आईफोन १६ प्रो र प्रो म्याक्सभन्दा झन्डै धेरै पातलो हुनेछ। आईफोन १६ को बेस मोडेलको चौडाइ ७.८ एमएम रहेको छ।

केही प्रयोगकर्ताले आईफोन १७ एयर अझ पातलो हुने आशा गरे पनि ब्याट्री र अन्य कम्पोनेन्टहरू कति पातलो बनाउन सकिन्छ भन्नेमा स्पष्ट रूपमा एक सीमा हुन्छ। यदि यो डिभाइस करिब ६ एमएम मोटाइको साथ आयो भने पछिल्ला केही वर्षमा लन्च भएका भारी मोडेलको तुलनामा यो अझै पनि पातलो र हलुका हुनेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते