नेपाल चिकित्सक संघ (एनएमए)ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएको छ।
बिज्ञापन
ज्ञापनपत्रमा संघले स्वास्थ्यतर्फको बजेट १० प्रतिशत पुर्याउनेदेखि चिकित्सकलाई सार्कमुलुक सरह सेवा सुविधा दिनुपर्ने माग राखेको छ। आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा नेपालको स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिँदै आफ्ना माग बुँदागत रुपमा राखिएको हो। एनएमए अध्यक्ष डा अनिलविक्रम कार्की र महासचिव डा सञ्जीव तिवारीले मन्त्री पौडेलले भेटेर ज्ञापनपत्र बुझाएका हुन्।
बिज्ञापन
नेपाल सरकारले राष्ट्रको समग्र स्वास्थ्य क्षेत्र र प्रणालीलाई मुख्य आधारशिलाको रुपमा ग्रहण गर्नुपर्ने नेपाल चिकित्सक संघको ठहर रहेको बताउँदै विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम कम्तिमा पनि कूल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गरिनु पर्ने भनिएको छ।
चिकित्सकहरुको सेवा सुविधा न्यून रहेको र यसले समग्र स्वास्थ्य सेवा प्रवाहलाई चुस्त पार्न नसकिएको परिवेशलाई ध्यानमा राख्दै चिकित्सकहरुलाई सार्क लगायत अन्य मुलुक सरह सेवा सुविधाको सुनिश्चित गरिनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ।
बिज्ञापन
प्रोत्साहन भत्ता, जोखिम भत्ता एवं २४ घण्टा खटिनु पर्ने अवस्था भएकोले अन्य सेवा जस्तै चालक, सवारी साधन, आवास जस्ता सुविधाहरु उपलब्ध गराउनु पर्नेछ,’ भनिएको छ, ‘चिकित्सा शिक्षामा राज्यले तोकेको शुल्कको अनुपातमा सुविधा न्यून रहेकोले सोको अनुपातमा तलब सुविधा पाउने सुनिश्चितता बजेट मार्फत व्यवस्था हुनुपर्छ।








