आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ६४ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ६३ हजारमा कारोबार भएको थियो।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।








