कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि फलफूल तथा तरकारीको मूल्य सूची प्रकाशित गरेको छ।
बिज्ञापन
जसअनुसार आज टनेल गोलभेँडाको भाउ प्रतिकेजी ११० रुपैयाँ पुगेको छ। त्यस्तै, लोकल सानो गोलभेँडा प्रतिकेजी ८० रुपैयाँ, रातो आलु ७७ रुपैयाँ ६७ पैसा, भारतीय रातो आलु ५८ रुपैयाँ ३३ पैसा र सुकेको प्याज १०७ रुपैयाँ ६७ पैसा कायम गरिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
बिज्ञापन
यसै गरी, लोकल गाजर प्रतिकेजी १४५ रुपैयाँ, तराई गाजर १३५ रुपैयाँ, लोकल बन्दा ६५ रुपैयाँ, स्थानीय काउली ९५ रुपैयाँ, तराई काउली ८५ रुपैयाँ, तने बोडी १४५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, मटरकोशा ११० रुपैयाँ, टाटे सिमी ८५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ र लौका ९५ रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, रायोको साग प्रतिकेजी ५५ रुपैयाँ, पालूगो साग ९५ रुपैयाँ, बकुला, मेथी र चमसूरको साग ११० रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, कुरिलो ११५० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ, कन्य च्याउ २१६ रुपैयाँ ६७ पैसा र डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।








