होमपेज > घट्यो आलु र प्याजको मूल्य

घट्यो आलु र प्याजको मूल्य

बिज्ञापन
बिज्ञापन

कालीमाटी बजारमा धेरै दिनसम्म मूल्य स्थिर रहेको आलु र प्याज मंगलबार केही घटेको छ। अघिल्लो दिनको तुलनामा मंगलबार प्रतिकिलो ५ रुपैयाँ घटेको हो।

बिज्ञापन

अघिल्लो दिन अधिकतम प्रतिकिलो ८० रुपैयाँ रहेको स्वदेशी रातो आलु ७५ मा झरेको छ। त्यस्तै भारतीय रातो आलु ७० तथा सेतो आलु ६२ रुपैयाँ छ। त्यस्तै प्याज प्रतिकिलो अधिकतम ११० रुपैयाँ छ। प्याज अघिल्लो दिन ११५ रुपैयाँ थियो।

बिज्ञापन

गोलभेँडा पनि केही सस्तिएको छ। यस दिन ठूलो गोलभेँडा अधिकतम १०० र सानो गोलभेँडा ७० रुपैयाँ छ। धेरै तरकारीको भाउ स्थिर छ। स्थानीय काउली १२०, लाम्चो भन्टा ५०, डल्लो भन्टा ७०, तने बोडी १५०, मटरकोशा १३०, घिउ सिमी १२० रुपैयाँ छ।

तिते करेला १००, लौका ९०, भिण्डी १६०, बरेला ५०, इस्कुस २०, रायो साग ५०, पालुंगो साग १००, चमसुर साग १२० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। कन्य च्याउ २५० तथा डल्ले च्याउ ३२५ रुपैयाँ छ। कुरिलो १२०० रुपैयाँ पुगेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते