होमपेज > चलचित्र ‘ज्वाइँ साब’ अष्ट्रेलियामा प्रदर्शन हुँदै

चलचित्र ‘ज्वाइँ साब’ अष्ट्रेलियामा प्रदर्शन हुँदै

बिज्ञापन
बिज्ञापन

चलचित्र ‘ज्वाइँ साब’ अष्ट्रेलियामा प्रदर्शनमा आउने भएको छ। नेपालमा गत असोज २४ गते फूलपातीको दिन रिलिज भएको यो चलचित्र यही नोभेम्बर २२ मा अष्ट्रेलियाको सिड्नीमा रिलिज हुने भएको हो।

बिज्ञापन

जितु नेपाल र नीति शाह स्टारर यो चलचित्र सिड्नीको हस्र्टभिलस्थित सिभिक थिएटरमा रिलिज हुन लागेको हो। वसन्त निराौला निर्देशित चलचित्रलाई पाल्पा इन्टरटेनमेन्टले सिड्नीमा रिलिज गर्न लागेको हो। लगानी उठाएको यो चलचित्रले राम्रो समीक्षा पाएको थियो। पाल्पा इन्टरटेनमेन्टका दिनेश श्रेष्ठका अनुसार सिड्नीमा दर्शकले ‘ज्वाइँ साब’को माग गरेपछि रिलिज गर्न लागिएको हो। उहाँले अन्य सहरमा पनि चलचित्र रिलिजको तयारी भइरहेको जानकारी दिनुभयो।

बिज्ञापन

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको चलचित्रमा जितु र नितीसँगै, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउतलगायत कलाकारको अभिनय छ।

रेड आइ फिल्मस्को व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको चलचित्रमा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, सञ्जय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते