होमपेज > सर्वोच्च अदालत परिसरमा विस्फोट हुँदा एक जनाको मृत्यु

सर्वोच्च अदालत परिसरमा विस्फोट हुँदा एक जनाको मृत्यु

बिज्ञापन
बिज्ञापन

ब्राजिलको सर्वोच्च अदालत परिसरमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। राजधानी ब्रासिलियामा रहेको सर्वोच्च अदालत परिसरमा बुधबार साँझ विस्फोट हुँदा एक जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।

बिज्ञापन

सर्वोच्च अदालतसँगै संसद भवन र राष्ट्रपतिको कार्यालय समेत अवस्थित रहेको राजधानीको केन्द्रमा बुधबार साँझ दुई पटक विस्फोटको आवाज सुनिएको थियो। ब्रासिलियाका डेपुटी गभर्नर सेलिना लिआओका अनुसार गत बुधबार साँझ अदालत प्रवेश गर्न खोजेका एक व्यक्तिलाई प्रहरीले रोकेको थियो। त्यति नै बेला विस्फोटको आवाज सुनिएको थियो।

बिज्ञापन

त्यतिबेला न्यायाधीशहरूले भर्खरै सुनुवाइ सकाएका थिए। विस्फोटको आवाज सुनिनेबित्तिकै उनीहरूलाई बाहिर निकालिएको थियो। लगत्तै प्रहरीले भवनको बाहिरी भागमा एक जनालाई मृत फेला पारेको थियो। महान्यायाधिवक्ता जर्ज मेसियसले घटनाको निन्दा गर्दै योजनाबद्ध रूपले सर्वोच्च अदालत परिसरमा विस्फोट गराइएको बताए। उनले त्यसबारेमा यथाशीघ्र छानबिन हुने पनि बताएका छन्।

‘हामीले आक्रमणको उद्धेश्य चाँडै पत्ता लगाएर शान्ति र सुरक्षालाई पुनस्थापित गराउनुपर्छ,’ उनले भनेका छन्। डेपुटी गभर्नर लिआओले घटनाको अनुसन्धानका लागि अदालत खाली गराइएको र संसद भवन पनि बिहीबारका लागि बन्द गर्न भनिएको बताइन्। उनले घटना आत्महत्या हुनसक्ने पनि बताइन्।

बिज्ञापन

‘हामी यसलाई आत्महत्या अनुमान गरिरहेका छौं। किनकी मृतक एक जनामात्रै छन्। यद्यपि अनुसन्धानले सत्यतथ्य के हो भन्ने अवश्य देखाउनेछ,’ उनले भनिन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते