होमपेज > शेयर बजारको अंकसँगै घट्यो कारोबार

शेयर बजारको अंकसँगै घट्यो कारोबार

बिज्ञापन
बिज्ञापन

मंगलबार शेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिनको तुलनामा नेप्से ११।२४ अंक घटेको हो । सो अंकको कमीपछि नेप्से २७४८ मा कायम भएको छ ।

बिज्ञापन

परिसूचक घट्दा कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ११ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८५ करोडको भयो। ८० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ७ को स्थिर रह्यो। यस दिन फाइनान्स समूहमा आकर्षण देखिएको छ। सो सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढ्यो। त्यस्तै निर्जीवन बीमा ०.१३ र व्यापार ०.३५ प्रतिशत बढे।

बिज्ञापन

अन्य समूह सबैभन्दा धेरै १. १८ प्रतिशत घट्यो। बैंकिङ ०.३५, विकास बैंक ०.३१, होटल तथा पर्यटन ०.१५, हाइड्रोपावर ०.५७, लगानी ०.३५, जीवन बीमा ०.४४, उत्पादन ०.०२, माइक्रोफाइनान्स ०.६७ प्रतिशत घटे।

४ कम्पनी गुराँस लघुवित्त, मेन्छियाम हाइड्रोपावर, बेस्ट फाइनान्स र एनएलजी इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो। समृद्धि फाइनान्सको ९.६१, समाज लघुवित्तको ७.२५, सपोर्ट माइक्रोफाइनान्सको ७.२२, कुथेली बुकरी स्मल हाइड्रोपावरको ७.१९ तथा जानाकी फाइनान्सको मूल्य ५.७८ प्रतिशत बढ्यो।

बिज्ञापन

कारोबार रकमका आधारमा यस दिन फाइनान्स कम्पनीहरु अगाडि देखिए । बेस्ट फाइनान्स, गुडविल फाइनान्स, आँखुखोला जलविद्युत्, जानाकी फाइनान्स तथा लक्ष्मी सनराइज बैंक धेरै कारोबार हुने कम्पनीमा क्रमशः अगाडि रहे ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते