काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकाबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्।
बिज्ञापन
सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ घर भएका ३६ वर्षीय दीपक लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत ११ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।
बिज्ञापन
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख २३ हजार रुपैयाँ, कौडा १६ थान र ३ बुक तास सहित पक्राउ गरेको बताइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








