कालिमाटी फलफूल तथा तरकारी बजारमा तनेबोडी र करेलाको मूल्य बढेको छ।
बिज्ञापन
आज तनेबोडीको मूल्य प्रतिकिलो १४५ रुपियाँ कायम भएको छ। हिजो ११५ मा बिक्री भएको तनेबोडी आज ३० रुपियाँले बढेको हो। त्यस्तै, अघिल्लो दिन करेला ६५ रुपियाँमा किनबेच भएको थियो। यसदिन ३० रुपियाँ नै बढेर ९५ रुपियाँ पुगेको छ।
बिज्ञापन
कालिमाटीमा शुक्रबार गोलभेंडा ८५, लोकल गोलभेंडा ४०, रातो आलु ८३, प्याज १२२, काउली ६५, लौका ३५ र घिरौंला ५५ रुपियाँ किलोमा कारोबार भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ।
त्यस्तै घिरौंला किलोमा १० रुपियाँले घटेको छ। हिजो ६५ रुपियाँ रहेको घिरौंला आज ५५ मा झरेको छ।








