भारतीय अभिनेता शाहरूख खानलाई ज्यान मार्ने धम्की आएको छ। आफूलाई ज्यान मार्ने धम्की दिइएपछि शाहरूखले मुम्बईको बान्द्रा प्रहरी चौकीमा उजुरी दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
बिज्ञापन
उनलाई कसले ज्यान मार्ने धम्की दिएको हो भन्ने उजुरीमा खुलाइएको छैन। तर, भारतका केही सञ्चारमाध्यमले फैजान खान नामका व्यक्तिले शाहरूखलाई ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन्। उनी छत्तीसगढको रायपुर निवासी रहेको बताइएको छ।
बिज्ञापन
ती व्यक्तिले शाहरूखसँग अधिक रकम माग गरेका बताइएको छ। यसअघि भारतीय अभिनेता सलमान खानलाई पनि केही पटक ज्यान मार्ने धम्की आएको थियो।








