होमपेज > बढ्यो अष्ट्रेलियन डलरको मूल्य, आज कुन मुद्रा कतिमा हुँदैछ विनिमय?

बढ्यो अष्ट्रेलियन डलरको मूल्य, आज कुन मुद्रा कतिमा हुँदैछ विनिमय?

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार मंगलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य बढेको छ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको मूल्य (बिक्रीदर) १३४ रुपैयाँ ८८ पैसा कायम भएको छ। यस्तै, खरिददर १३४ रुपैयाँ २८ पैसा छ। अघिल्लो दिन अहिलेसम्मकै उच्च भाउमा पुगेको डलरको मूल्य बुधबार १ पैसाले घटेको हो। मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ८९ पैसा तथा खरिददर १३४ रुपैयाँ २९ पैसा थियो।

बिज्ञापन

राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४७ रुपैयाँ ०४ पैसा रहेको छ भने खरिददर १४६ रुपैयाँ ३९ पैसा रहेको छ। बेलायती पाउन्ड १ को बिक्रीदर १७५ रुपैयाँ २० पैसा र खरिद दर १७४ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा तोकिएको छ। क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ७४ पैसा र बिक्रीमा ९७ रुपैयाँ १७ पैसा पाइन्छ। कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते