होमपेज > तिहारमा लोडसेडिङ हुँदैन: कुलमान घिसिङ

तिहारमा लोडसेडिङ हुँदैन: कुलमान घिसिङ

बिज्ञापन
बिज्ञापन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा लोडसेडिङ नहुने बताएका छन्। उनले तिहारमा धेरै भन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरेका छन्।

बिज्ञापन

घिसिङले विद्युत् खपतको लागि पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताए। उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने प्रष्ट पारे। ‘यो वर्षको तिहारमा हामीलाई पुग्ने विद्युत् उत्पादन हुन्छ, तिहारको लागि विद्युत् आयात गर्नुपर्दैन, बढी पनि हुन्छ’, घिसिङले भनेका छन्, ‘कतै–कतै प्राविधिक समस्या भएर लाइन गयो भने मात्रै नत्र तिहारमा विद्युत् नपुगेर लाइन काट्नुपर्ने अवस्था छैन। तिहारमा विद्युत् जति प्रयोग गर्न सकिन्छ।’

बिज्ञापन

उनले सकेसम्म तिहारमा विद्युत् पुर्‍याएर निर्यात समेत गर्न पुग्ने विद्युत् प्राधिकरणसँग रहेको बताए। उनले अहिले पनि २१ सय मेगावट विद्युत् उत्पादन भएपनि घटेर १९ सयमा झरेको बताएका छन्। ‘करिब २ हजार एक सय मेगावाटको उत्पादन अहिले छ। तर त्यो घटेर १९ सय मेगावटमा झरेको छ। दैनिक रुपमा उत्पादन घट्दो क्रममा छ। तिहारको लागि हाम्रो उत्पादनले हामीलाई पुग्छ। अहिले पनि हामीले निर्यात गरिरहेका छौँ। यो वर्ष धेरै निर्यात हुने सम्भावना भने घट्यो’, उनले भनेका छन्, ‘१२ सय मेगावाट विद्युत् निर्यात हुने अवस्थामा पुग्दा ठूलो बाढीपहिरो गयो।’

अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनले बताएका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते