होमपेज > साफ वुमन्स च्याम्पियनसिप सकिएलगत्तै फ्रान्स लागिन् साम्बा

साफ वुमन्स च्याम्पियनसिप सकिएलगत्तै फ्रान्स लागिन् साम्बा

बिज्ञापन
बिज्ञापन

साफ वुमन्स च्याम्पियनसिप २०२४ सकिएलगत्तै नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्स फर्किएकी छन्। बुधबार राति साफको फाइनल खेलेकी सावित्रा बिहीबार बिहानै व्यावसायिक फुटबल खेल्ने फ्रान्स लागेकी हुन्।

बिज्ञापन

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित हुँदै छैटौंपटक उपविजेता बनेको थियो। फ्रान्सको शीर्ष श्रेणीको महिला फुटबल लिग ‘प्रिमियरा लिग’ मा इए अभान्ट गुएग्यापबाट खेलिरहेकी सावित्रा राष्ट्रिय टिमबाट साफ च्याम्पियनसिप खेल्ने नेपाल आएकी थिइन्।

बिज्ञापन

उनले समूह चरणमा एक खेल मात्र खेलिन् भने सेमिफाइनल र फाइनल गरी कुल तीन खेल खेलिन्। जसमा दुई गोल गरिन्। भुटानविरुद्ध पहिलो खेल फिफा विन्डोमा नरहेकोले क्लबले उनलाई ढिला रिलिज गरेको थियो। अक्टोबर २० मा नेपाल आइपुगेर भोलिपल्ट माल्दिभ्सविरुद्धको खेलका लागि उपलब्ध भएपनि उनले खेलिनन्।

प्रशिक्षक राजेन्द्र तामाङले आवश्यक परेमा प्रयोग गर्ने बताए पनि सावित्राले खेल्नुपरेन । माल्दिभ्सविरुद्ध नेपाल ११(० को फराकिलो अन्तरले विजयी भएको थियो। सेमिफाइनलमा भारतविरुद्ध एक गोलले पछि परेको स्थितिमा सावित्राले बराबरी गोल फर्काउँदै खेललाई पेनाल्टीसुटआउटसम्म पुर्‍याएकी थिइन् । उनले सुटआउटमा गोल पनि गरिन् । नेपालले पेनाल्टीसुटआउटमा भारतलाई ४-२ ले हराएर फाइनल पुगेको थियो।

बिज्ञापन

तर, लगातार दोस्रोपटक बंगलादेशसँग फाइनलमा पराजित हुँदा पहिलोपटक साफ जित्ने नेपालको लक्ष्य पूरा हुन सकेन। उता सावित्राले भने लगत्तै क्लबमा सामेल हुनेछिन्। उनको क्लब गुएग्याम्पले आउने शनाबर लिगमा मोन्टपिलरसँग खेल्दैछ। नेपाल आउनुअघि स्ट्रासवर्गलाई हराउँदै गुएग्याम्पले लिगमा पहिलो जित हात पारेको थियो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते