सङ्खुवासभा दुई जनाको मृत्यु भएको छ।
बिज्ञापन
मकालु गाउँपालिका- ५ फाक्सिन्दा दोभान स्थित निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको काम गरी फर्किने क्रममा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बिज्ञापन
हिजो साँझ ७ बजे भएको सो दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा भारतीय नागरिक शैलेन्द्र प्रताप सिंह र सारुक महमद रहेका छन्।
भारतीय नागरिक ईश्वर पासवान, योगेन्द्र पालको शरीरका विभिन्न भागमा चोटपटक लागेकोले अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
बिज्ञापन








