होमपेज > सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

बिज्ञापन
बिज्ञापन

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ।

बिज्ञापन

वार्षिकोत्सव कार्यक्रम अन्तर्गत मंगलबार बिहान ६:३० बजे बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको स्वागत मन्तव्य पश्चात प्रभातफेरी गरिएको थियो। केन्द्रिय कार्यालयबाट शुरु भएको प्रभातफेरी भाटभटेनी, टंगाल, लक्ष्मण बाबु भवन, नक्साल पेट्रोल पम्प, नारायण चौर, नागपोखरी, उत्तरढोका, गैरीधारा हुँदै बैंकको केन्द्रिय कार्यालय, बालुवाटारमा आएर सम्पन्न गरिएको थियो।

बिज्ञापन

यस प्रभातफेरी कार्यक्रममा बैंकले डिजिटल साक्षरता सम्बन्धि विभिन्न व्यानरहरुद्वारा आम जनताहरुमा जनचेतना समेत पुर्‍याएको थियो। प्रभातफेरी कार्यक्रम पश्चात बैंकका संचालक समितिका अध्यक्ष उज्जवल सत्यालले बैंकको २०औं वार्षिकोत्सव सम्बन्धि आफ्नो छोटो मन्तव्य राखेका थिए।

वार्षिकोत्सवकै अवसर पारेर केन्द्रिय कार्यालय काठमाडौं, पोखरा क्लष्टर, नेपालगञ्ज क्लष्टर र बर्दिबास शाखामा गरिएको रक्तदान कार्यक्रममा जम्मा २५१ जना व्यक्तिहरुले रक्तदान समेत गर्नुभएको जानकारी गराइन्छ।

बिज्ञापन

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते