इजरायली सेनाले आइतबार दक्षिण लेबनानमा पाँच सैनिक मारिएको बताएको छ। योसँगै सेप्टेम्बर ३० मा स्थल अभियान सुरु भएयता त्यहाँ लड्ने सैनिकहरूको मृत्यु सङ्ख्या ३७ पुगेको छ।
बिज्ञापन
‘सैनिकहरू दक्षिण लेबनानमा लडाइँका क्रममा मारिए’, उनीहरू शनिबार मारिएको उल्लेख गर्दै सेनाले एक विज्ञप्तिमा भनेको छ। हिजबुल्लाहले हमासले अघिल्लो दिन इजरायलमा गरेको अभूतपूर्व आक्रमणपछि प्यालेस्टिनी लडाकू समूहको समर्थनमा सन् २०२३ अक्टोबर ८ देखि इजरायलमाथि रकेट प्रहार गर्न थालेको थियो।
बिज्ञापन
इजरायलले गत महिनाको अन्त्यमा लेबनानमाथि आफ्ना हवाई आक्रमणहरू उल्लेखनीय रूपमा बढाउनुअघि दक्षिण लेबनानमा स्थल अभियानहरू सुरु गरेको थियो। आधिकारिक आँकडाहरूमा आधारित एएफपीको गणनाअनुसार सेप्टेम्बर २३ देखि युद्धमा लेबनानमा कम्तीमा एक हजार छ सय १५ मानिस मारिएका छन्। यद्यपि तथ्याङ्कमा रहेको कमीका कारण वास्तविक सङ्ख्या योभन्दा बढी हुन सक्छ।








